बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दर्शकको मन जित्न सफल बलिउडका १० फिल्म

सोमबार, २५ कात्तिक २०७६, १८ : ३९
सोमबार, २५ कात्तिक २०७६

मुम्बई –परिवर्तनशील समयसँगै फिल्ममा पनि धेरै परिवर्तन आए । दर्शक पनि पहिले भन्दा धेरै चलाख देखिएका छन् । फिल्ममा दर्शकले कलाकारको काम, रोमान्स र कलाकारको अनुहार मात्र होइन । फिल्मको विषयवस्तु पनि महत्वपुर्ण ठान्न थालेका छन् । 

पछिल्लो केही बर्षयता बलिउडमा त्यस्ता धेरै फिल्म निर्माण भए । जसमा उत्कृष्ट कथाले प्रथामिकता पाए । ति फिल्मले बक्स अफिसमा समेत राम्रो सफलता र चर्चा बटुले । ती १० फिल्मको अहिले चर्चा गर्न खोजिएको छ ।
पद्मावत:
दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुर अभिनित फिल्म ‘पद्मावत’ सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् । रिलिज पहिले नै हंगामा गर्न सफल यो फिल्मले बक्स अफिसमा २ सय ८२ करोडको आम्दानी गर्न सफल भएको थियो ।

बाजीराव मस्तानी :

‘बाजीराव मस्तानी’ पनि संजयलीला भन्सालीले नै निर्देशन गरेको फिल्म हो । ऐतिहासिक प्रेमकथामा बनेको यो फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडाको मुख्य भूमिका थियो । फिल्मले एक सय ८३ करोड आम्दानी गर्न सफल भयो ।

केसरी :
अक्षयकुमार अभिनित फिल्म ‘केसरी’ इन्डियन आर्मीको ३६ सिख बटालियनले १८९७ मा लडेको युद्धमा आधारित रहेर निर्माण भएको हो । १० हजार अफगानी योद्धाका अगाडि २१ सिखले देखाएको बहादुरीको कथा फिल्मले बिषय बनाएको थियो । फिल्मको आम्दानी एकसय ५१ करोड रहेको छ ।

मणिकर्णिका :

अभिनेत्री कंगना रनौत यो फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् । फिल्ममा उनले रानी लक्ष्मी बाइको मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् । फिल्मले बक्स अफिसमा ९० करोड कमाउन सफल भएको थियो ।

कलंक :
वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त र आधुरी दीक्षित जस्ता स्टार अभिनित फिल्म ‘कलंक’ले बक्सअफिसमा अपेक्षा गरेअनुसार कमाल देखाउन सकेन । फिल्मको आम्दानी ८० करोडभन्दा माथि चढ्न सकेन ।

जोधा अकबर :

रितिक रोशन र ऐश्वर्या राय अभिनित यो फिल्म आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । बादशाह अकबर र राजकुमारी जोधाबाईको प्रेमकथामा निर्माण भएको फिल्म  २००८ मा रिलिज भएको थियो । फिल्मले ५६ करोड आम्दानी गरेको थियो ।

देवदास :
शरत चन्द्र चटोपाध्यायको उपन्यासमा आधारित रहेर निर्माण भएको यो फिल्ममा शाहरुख खानले देवदाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा ऐश्वर्या रायले पारो र आधुरी दीक्षितले चन्द्रमुखीको भूमिका निर्वाह गरेका थिए । २००२ मा रिलिज फिल्मले ४१ करोड कमाउन सफल भएको थियो । यो फिल्मका निर्देशक सञ्जय लीला भन्साली हुन् । 

लगान :
आमिर खान अभिनित आशुतोष गोवारिकरको निर्देशन रहेको फिल्म लगानमा ब्रिटिश राज्यको सासन समयमा भारतीयले भोगेको पिडा पर्दामा उतारिएको छ । २००१ मा रिलिज भएको फिल्मले ३४ करोड आम्दानी गरेको थियो ।

लुटेरा :

रणवीर सिंह र सोनाक्षी सिन्ह अभिनित यो फिल्म १९५० को दशमा पश्चिम बंगालमा रहेको जमिन्दारी व्यवस्थामा निर्माण भएको थियो । फिल्मले २७ करोड व्यवसाय गर्न सफल भयो ।

मंगल पाण्डे :
२००५ मा रिलिज भएको केतन मेहताको यो फिल्ममा आमिर खानले स्वतन्त्र सेनानी मंगल पाण्डेको भूमिका निर्वाह गरेका थिए । अङ्ग्रेज विरुद्ध स्वतन्त्रताको युद्धको सुरुवात गर्ने मंगलको बिषयमा निर्माण भएको फिल्मले बक्स अफिसमा २७ करोड रुपैयाँ कलेक्सन गर्न सफल भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप