बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना हमलाका एक संदिग्धः १८ वर्षे मौसा जसले दाइको परिचयपत्र चोरेर फसाए

शुक्रबार, ०२ भदौ २०७४, १० : ०८
शुक्रबार, ०२ भदौ २०७४

डेली मेल

बार्सिलोनामा बिहिबार साँझ भएको हमलामा स्पेनका पुलिसले दुई संदिग्धलाई सोधपुछ गरिरहेको छ ।

कम्तीमा १३ जनाको मृत्यु र सयभन्दा बढि घाइते रहेका उक्त हमलापछि पुलिसले एक संदिग्धको नाम सार्वजनिक गरेको थियो जसपश्चात्, एक व्यक्तिले पुलिससामू आत्मसमर्पण गरेका थिए ।

पुलिस अधिकारीले दुई संदिग्धमध्ये एक स्पेनका र अर्का मोरोक्कोका नागरिक भएको बताएको बताएको छ ।

यद्यपी, यी दुबै घटनाका बेला भ्यानभित्र नभएको बताइएको छ । गाडीका ड्राइभर अहिले पनि फरार रहेको डेली मेलले बताएको छ ।

अर्को छुट्टै घटनामा पुलिसले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ । उक्त घटनामा दुई पुलिस घाइते भएका छन् जसमध्ये एकको खुट्टा भाँच्चिएको छ ।

तर स्पेनका अधिकारीले अहिले ती व्यक्ति घटनामा संलग्न नभएको बताएको छ ।

घटनापश्चात् पुलिसले काटालानमा बस्ने मोरोक्को मूलका २८ वर्षीय ड्रिस औकाबिरको तस्बिर सार्वजनिक गरेको थियो । उनीमाथि एक भ्यान  भाडामा लिएर हमलालाई निष्कर्षमा पुर्याएको आरोप लगाइएको थियो । भ्यानभित्र उनका डकुमेन्ट भेट्टाइएपछि उनीमाथि पुलिसले यस्तो आरोप लगाएको थियो ।

तर पुलिसले औकाबिरले पुलिस स्टेशनमा आफूलाई आत्मसमर्पण गरेर उनका भाइले उनको डकुमेन्ट चोरी गरेको दाबी गरेको बताए ।

उनका भाइ बार्सिलोनामा बस्ने १८ वर्षीय मौसा औकाबिर भएको एल पेइसलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

सोसल नेटवर्क किवीमा मौसा औकाबिर नाम र फोटो भएको अकाउन्टमार्फत गरिएका कमेन्टले उक्त हमलाको सन्दर्भ उल्लेख गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप