शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काङ्ग्रेस–कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट : अध्यक्ष थापा

सोमबार, २५ कात्तिक २०७६, २० : २३
सोमबार, २५ कात्तिक २०७६

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टलाई गलत बाटोबाट सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनोट गर्नु पर्ने बताएका छन् । 

ठुला–ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए ।

एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले विदेशी हस्तक्षेप र प्रभाव रोक्न राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने आवश्यकता औल्याए । 

थपाले भने, ‘परिवर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणवादी मानसिकताको वकिास गर्यौ यो प्रवृत्तिको अन्त्य जरुरी छ ।’ 

 कास्की – २ को चुनावी अभियानमा सहभागी हुँदै  थापाले कास्कीको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अवस्था नभएकोले परिवर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे । 

काङ्ग्रेस र कम्युनिस्टलाई जिताउँदा मनपरितन्त्र, ब्रम्हलुट गर्नेहरुको मनोबल बढ्ने भन्दै अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मत दिन थापाले आग्रह गरे । 

कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोम बहादुर भण्डारी र चुनावि अभियानका संयोजक जयलाल पुन लगायतले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप