शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षामन्त्री पोखरेल फ्रान्स जाँदै

सोमबार, २५ कात्तिक २०७६, २२ : ३२
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज फ्रान्सको राजधानी पेरिस जाने भएका छन् । 
आज राति ११ बजे उनी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

युनेस्को नेपालको अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले यही कात्तिक ३० गते दिगो विकासमा शिक्षाको मार्गदर्शन र नेपालको पछिल्लो अवस्थाका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले युनेस्कोको महासभाका विभिन्न बैठकमा समेत नेपालको धारणा राख्नुहुने कार्यक्रम रहेको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
 
युनेस्कोको महासभाबाट फर्किपछि मन्त्री पोखरेल कतारमा आयोजना हुने २२ देशका शिक्षा मन्त्रीहरुको बैठकमा सहभागी हुनेछन् । मन्त्री पोखरेल आगामी मङ्सिर ५ गते स्वदेश फर्किनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप