शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हायातको आगनमा ‘लभ डायरिज’को ‘छम छम छम’ गीत

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ३१
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं । प्रेमकथाको बिषयमा निर्माण भएको फिल्म ‘लभ डायरिज’को छायाँकन सकिएको छ ।

आइतबार चावहिलको चुच्चेपाटी स्थित होटल हायत रिजेन्सीमा ‘छम छम छम...’बोलको गीत छायाँकनसँगै फिल्म सकिएको हो ।   

अर्जुन पोखरेलको शब्द र संगीत र दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमालसँगै टिकटकमा हिट जुम्लिया दिदीबहिनी प्रिष्मा र प्रिन्सी खतिवडाको समेत नृत्य रहेको छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । 

निर्माण युनिटले छायाँकन सकिए लगतै फिल्मको रिलिज डेट पनि फगुन २ घोष्णा गरेको छ । 

प्रेमकथामा बनेको फिल्म भएकोले भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ मा प्रदर्शन गर्न लागिएको निर्देशक सौरभ चौधरीले बताए ।

फिल्मको केही पहिले ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो । 

मधु बास्तोलाको लेखन र विनोद सापकोटा निर्माता रहेको फिल्मका सह निर्माता सरोज तुलाधर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप