अमेरिकामा ‘मिस्टर नेपाली’ प्रिमियर
मङ्गलबार, २६ कात्तिक २०७६, १३ : १०
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ नेपाल भन्दा पहिले अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजित प्रिमियरमा दर्शकको राम्रो साथ पाएको निर्माण युनिटले जनाएको छ ।
अमेरिकाबाट फर्किएको एक युवाको स्वदेशमा गर्ने संघर्ष कथा बनाइएको फिल्मको प्रिमिएरमा दर्शकले कथा बढी मन पराएका थिए ।
‘प्रिमियर पछि केही दर्शकले विदेशमा बस्ने नेपालीले हेर्नै पर्ने फिल्म बनेको प्रतिक्रिया दिए’ निर्माता प्रेमराज दाहालले भने ‘राष्ट्रियताको कथा भएकोले पनि उनीहरुको चासो देखियो ।’
देव भुषालको निर्देशन रहेको फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्म प्रेमराज दाहालले बनाएका हुन् । फिल्ममा भुवन केसीको दोहोरो भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू