शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने कार्यमा संलग्न पक्राउ

मङ्गलबार, २६ कात्तिक २०७६, १४ : ५४
मङ्गलबार, २६ कात्तिक २०७६

रौतहट । ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरुलाई पिछा गर्ने क्रममा चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको हो । 

विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको  छ । 
 
घटनामा संलग्न हाल फरार रहेका मोटरसाइकलमा सवार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप