शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पाले सर्वोच्चमा हालेको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो

मङ्गलबार, २६ कात्तिक २०७६, १६ : ५७
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ।  सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज गरिदिएको छ।  

सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । 

यसअघि बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् ।  हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार उनी अदालतले दिएको आदेशविरूद्ध  पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् । 

अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि प्रहरीलाई पक्राउको बाटो खुलेको छ । शिल्पाले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

चलचित्र निर्माता छविराज ओझको श्रीमती रहेकी उनको सुरुमा छविसँग विवाद भएको विषय बाहिरिएको थियो । बिबादकै बीचमा छविकी जेठी श्रीमतीले बहुबिबाहको उजुरी हालेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप