शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बङ्गलादेशमा रेल र्दुघटना: १५ जनाको मृत्यु, ५८ घाइते

मङ्गलबार, २६ कात्तिक २०७६, १९ : १२
मङ्गलबार, २६ कात्तिक २०७६

ढाका । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् ।  देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने । उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् ।  ‘अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।  

बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुने गरेको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप