आर्थिक ऐन संशोधन गर्दै सरकार, विदेशबाट ल्याइने सुनको महसुल दर बढ्यो
काठमाडौ– सरकारले आर्थिक ऐन संशोधन गर्ने भएको छ । गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आर्थिक ऐन २०७६ को दफा (१८) को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सरकारले ऐन संशोधन गर्ने भएको हो ।
जसमा नेपाल राजपत्र भाग २, खण्ड ६९ अतिरिक्ताङ्क ६(ख) अन्तर्गत २०७६ सालमा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेका प्रावधानहरु समेटिएका छन् । जस अन्तर्गत विदेशबाट ल्याइने सुन चाँदी, कुखुरापाल व्यावसाय, तयारी रङ उत्पादन गर्ने उद्योगहरुले प्रयोग कच्चा पदार्थ लगायतमा भन्सार शुल्क निर्धारण गरिएको छ ।
सरकारले व्यापारिक प्रयोजनका लागि पैठारी हुने भन्सार उपशीर्षक ७१.०८ मा पर्ने सुनमा प्रति १० ग्राममा लाग्ने महसुल दर रु ५,००० को सट्टा रु ६,५०० तथा भन्सार उपशीर्षक ७१.०६ मा पर्ने चाँदी प्रति १० ग्राममा लाग्ने महसुल दर रु ५६ को सट्टा रु ७५ कायम गर्ने भएको छ ।
त्यस्तै आर्थिक ऐन २०७६ को भन्सार सम्बन्धी अनूसुची १ को दफा २ मा उल्लेखित विदेशबाट फर्किएर आएका यात्रुले आफ्नो साथमा ल्याएका सुन तथा सुनका गहनामा समेत महसुल दर निर्धाण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान