बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा मृत्यु भए परिवारका सदस्यले आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन दिन सक्ने

बुधबार, २७ कात्तिक २०७६, ०६ : ५४
बुधबार, २७ कात्तिक २०७६

वैदेशिक रोजगारमा गएका कुनै पनि कादारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । 

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कात्तिक १८ गते जारी गरिएको व्यवस्था सबै स्थानीय तहलाई परिपत्र गरेको छ । 

कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठद्वारा जारी परिपत्रमा स्थानीय तहमा परेको निवेदन ७ दिनभित्रमा बोर्डमा पठाउनुपर्ने र सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप