बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा टिपर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

बुधबार, २७ कात्तिक २०७६, ०९ : ३७
बुधबार, २७ कात्तिक २०७६

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब साढे ८ बजे हिलिहाङ–४, सालिङ्गेमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बा २ क २९२० नम्बरको टिपर नियन्त्रण गुमाएर पल्टिएको हो ।

दुर्घटना भएको टिपर घटनास्थलमै रहेको र दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

टिपर पल्टिँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ का २३ वर्षीय भिम तामाङको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप