बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रात पर्ने बित्तिकै सडकमा तर्साउन आउँथे ‘भूत’, पुलिसले ७ जनालाई पक्राउ गरे

बुधबार, २७ कात्तिक २०७६, १० : ४५
बुधबार, २७ कात्तिक २०७६

युट्युबमा चर्चित हुनका लागि मानिसहरुले के–के मात्रै गर्दैनन् । कहिलेकाँही खतरनाक स्टन्ट गर्छन् भने कहिले ‘भूत’बनेर मानिसहरुलाई तर्साउँछन् । भारतको कर्नाटकको राजधानी बेंगलुरुमा यस्तै घटना सार्वजनिक भएको छ । भूत बनेर मानिसहरुलाई तर्साउने युट्युबर्सलाई पुलिसले पक्राउ गरेको छ । उनीहरु सेतो लुगा लगाएर, तर्साउने मेकअप गरेर रात परेपछि बाटो हिँड्नेहरुलाई तर्साउँथे ।

भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको देखिन्छन् । मानिसहरुको उजुरीपछि पुलिसले सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका सात यु–ट्युबरको पहिचान शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदको रुपमा भएको छ । यी सातैजनाले कुकी पिडिया नामबाट यू–ट्युब च्यानल चलाउँछन् । यसमा ‘भूत’ को प्र्यांक भिडियो पनि सेयर गरिएका छन् । सोसल मिडियामा कुकी पिडियाका भिडियो निकै रुचाइन्छन् ।

यो भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुट गरिएको छ । भिडियोमा देखिए अनुसार २०–२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डरलाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् ।

बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले जबरजस्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । उनीहरुलाई पक्राउ गरिएको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप