शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाघको आक्रमणबाट एक हप्तामा २ जनाको मृत्यु, स्थानीयहरु त्रसित

बुधबार, २७ कात्तिक २०७६, ११ : ५२
बुधबार, २७ कात्तिक २०७६

बुटवल ।  बाँकेमा एक हप्ता बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट ज्यान  ज्यान भएको छ ।

यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।

दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीयहरु त्रसित बनेका छन् ।

यी घटनापछि बाघलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप