जेलमा रहेका नवाज शरीफलाई उपचारका लागि विदेश जान सरकारले दियो सर्तसहित स्वीकृति
एजेन्सी । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ ।
तथापि विदेश जानुअघि सरकारको एक सर्त छ । जसअनुसार उपचारपछि शरीफले पाकिस्तान फर्किएर मुद्दाको सामना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।
प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकमा शरीफको नाम विदेश जान नपाउने व्यक्तिहरुको सूचीबाट हटाइएको थियो ।
पाकिस्तानको रेल–मन्त्री शेख राशिद अहमदले मिडियासँग कुराकानी गर्ने क्रममा मन्त्रिपरिषदले शरीफलाई ससर्त विदेश जाने अनुमति दिएको बताए ।
पाकिस्तान मुस्लिम लिग(नवाज)का प्रमुख शरीफ शुक्रबार चिकित्सकको सल्लाह र परिवारको आग्रह स्वीकारेर उपचारको लागि ब्रिटेन जान सहमत भएका थिए ।
उनले आइतबार पाकिस्तान इन्टरनेशनल एयरलायन्सको उडानबाट लण्डन जाने प्रयास पनि गरेका थिए । तर उनको नाम प्रतिबन्धित व्यक्तिको सूचीमा भएको कारणले उनी ब्रिटेन जान पाएनन् ।
अहमदले मन्त्रिपरिषदको अधिकांश सदस्यले शरिफलाई सर्तसहित उपचारको लागि विदेश पठाउन सहमति दिएको बताए ।
तथापि शरीफको परिवारले सुरुदेखि नै भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै आएको छ र यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित बताइरहेको छ ।
पछिल्ला दिन नवाज शरीफको प्लेटलेट्सको संख्या २४ हजार तल गएको थियो । डाक्टरका अनुसार हवाई यात्राकालागि योग्य हुन विरामीको प्लेट्लेट्सको संख्या ५० हजार हुनुपर्छ ।
अहिले डाक्टरहरुले प्लेटलेट्स बढाउने प्रयत्न गरिरहेका छन् । सन् २०१८ डिसेम्बर २४ मा पाकिस्तानको अदालतले अल अजीजिया स्टील मिल्स भ्रष्टाचार मुद्दामा शरीफलाई सात वर्षको जेल सजायँ सुनाएको थियो ।
फ्ल्यागशिप मुद्दामा भने शरिफलाई निर्दोष घोषणा गरिएको थियो । अक्टोबर २५को दिन चौधरी सुगर मिल मुद्दामा उपचार गराउनको लागि चिकित्सकीय आधारमा लाहोर उच्च न्यायालयले शरीफलाई जमानत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सहसचिव सचिवमा बढुवा
-
शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग
-
लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत नलिने
-
काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
-
फोन गर्ने बहानामा मोबाइल मागेर फरार, मोबाइल बैंकिङ चलाएर रकम चोरी