शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु

बुधबार, २७ कात्तिक २०७६, १३ : ००
बुधबार, २७ कात्तिक २०७६

सुनसरी–  सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स१झ २६८ नंको गाडीले को३०प ५३०१ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
 
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ । 

ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप