शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन

बुधबार, २७ कात्तिक २०७६, १३ : २१
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बुधबार पनि भारतले गरेको नेपाली भूमि अनिक्रमण विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा राजधानीको नेपालटार, बाइपास ,माछापोखरी क्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो । 

नेविसंघ निबर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा  भएको विरोध प्रदर्शनमा नेविसंघका  अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

नेपालटार ग्रामिण र एनआर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप