बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन

बुधबार, २७ कात्तिक २०७६, १३ : ४३
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । 

अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् । 

मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

 कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रिय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको बताए । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिए । 

उनले इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि बैंकिङ कसुर अन्तर्गत कडा कारबाही गर्ने चेतावनी दिए । 

डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप