शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरको मेयरका लागि २२ जनाको मनोनयन

बुधबार, २७ कात्तिक २०७६, १३ : ५८
बुधबार, २७ कात्तिक २०७६

सुनसरी– मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहतर्फ ४८ पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । 

जसअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । 

जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) , नेपाली काँग्रेस संघीय समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मुक्ति मोर्चा, राप्रपा, राप्रपा संयुक्त लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका हुन् । २२ मध्ये ११ जना स्वतन्त्रतर्फका छन् । 

धरानको मेयरका लागि काँग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले उम्मेदवारी मनोनयन गराएका छन् । यहाँ नेकपाका प्रकाश र काँग्रेसका लागि तिलकबीच मुख्य प्रतिश्पर्धा हुने मतदाताहरु बताउछन् ।

यसअघि धरानको मेयरमा नेकपाबाट तारा सुव्वा निर्वाचित भएका थिए । उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप