बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा हुँदैनः मन्त्री पण्डित

बुधबार, २७ कात्तिक २०७६, १५ : ११
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । 

मन्त्री पण्डितले बढुवाका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताए । 

 बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उनले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको बताए । 

 मन्त्री पण्डितले कर्मचारीहरुको सरुवा र पदस्थापन उनीहरुको अनुकूलतालाई पनि ध्यानमा राखेर ‘चक्रिय प्रणाली’ अनुसार हुने गरी कानुन व्यवस्था गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे । 

मन्त्री पण्डितले विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने अधिकार भने मन्त्रिपरिषदमा नीहित रहने अडान पनि राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप