शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिक्त संवैधानिक आयोगमा पदपूर्ति गर्न बालुवाटारमा छलफल

बुधबार, २७ कात्तिक २०७६, १५ : ५५
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ– प्रमुख दलका शीर्ष नेताहरुले संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेका छन् ।

 छलफलमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता सहभागी थिए । प्रधान्मन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो । 

बुधबार संवैधानिक परिषद्को बैठक बोलाइएको थियो तर तयारी नपुगेको भन्दै परिषद् बैठक स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, सत्यनिरुपण तथा वेपत्तालगायतका आयोगमा अध्यक्ष तथा सदस्य पद रिक्त छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप