शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकले मनायो १३औं वार्षिकोत्सव, एकै दिन ५२ वटा शाखाको विद्युतिय माध्ययमबाट उद्घाटन

बुधबार, २७ कात्तिक २०७६, १९ : ०५
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा शाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको उद्घाटन सम्पन्न गरेको छ । 

कार्यक्रमका अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त भवनको उद्घाटन गरे । यसै गरी अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका थिए ।

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था गरेको थियो । 

त्यसैगरी, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय र काठमाडौं स्थित प्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । 

साथै, सोही अबसरमा न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था फूड फर लाईफ नेपाललाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्र्तगत प्रदान गरिएको एकमुष्ट १ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुँदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए । 

नेपाल राष्ट्र बैंकका कामु. गभर्नर चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताए । उनले बैंकिङ्ग क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिए । 

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारे ।

बैंकको कार्तिक २६ गते बसेको बैंक सञ्चालक समितिले आ.व. २०७५/०७६ को नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । 

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप