दराजको सेल डे ११.११ ले तोड्यो सबैै रेकर्ड
काठमाडौं– नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसार कै सबै भन्दा ठुलो सेल ११.११ सफलता पूर्वक पुरा गरेको छ ।
दराजले पुरानो वर्षकै रेकोर्ड तोड्दै यसपाली १.५ लाख भन्दा बढी समानहरुको व्यापार देखेको छ जस्मध्ये ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेका छन् ।
यसपाली को ११.११ दराजले नेपाल भरी २४ भन्दा बढी शहरहरु बाट अर्डर पाएको छ । त्यसका साथ दराज एप र वेबसाइट मा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोर को भन्दा ७५ प्रतिशत बढी हो । साथै सेल को बेला दराजको वेबसाइट मा ५२,३३,३४४ पेज भ्यू थियो ।
यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०,००० भन्दा बढी उपभोक्ता थिए । सबै भन्दा बढी व्यापार गर्ने ब्रान्डहरुमा शायोमी, सामसङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशर, र अन्य धेरै थिए। अभियान सुरु भएकै १–२ सेकेन्ड भित्रैमा अर्डर आउनुका र एक घण्टा मा ८००० भन्दा बढी अर्डरका साथ अझै धेरै रेकर्ड हरु यस वर्ष तोडियो ।
११.११ को मज्जा लुट्न नपाउनु भएका लागी दराजमा अझै कति बिक्रेताहरुले छूट को अफरहरु चलाइरहेका छन् र जो आफ्नो अर्डरलाइ कुरी राखेका छन् उनले दराज एपमा अर्डर चेक गर्न सक्नेछन् ।
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो चोटी ११.११ आयोजना गरेको थियो । अलिबाबाले यसपाली को ११.११ मा ३८ अरब डलर भन्दा बढी को व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण