शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

बुधबार, २७ कात्तिक २०७६, २२ : ०६
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।
   
स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ । उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप