शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागढुङगाबाट लागुऔषधसहित ३ जना पक्राउ

बुधबार, २७ कात्तिक २०७६, २३ : २३
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । प्रहरीले नागढुङगा नाकाबाटट भारी मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी २ नागढुंगास्थित छुटाछुटै चेक जाँचको क्रममा उनीहरुलाई विभिन्न परिणामको लागु औषधसहित पक्राउ गरिएको हो ।  

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रहरी नायव उपरीक्षक प्रमूख कुमार विक्रम थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा ७ ख ५३७६ नम्बरको बसबाट भारत विहार रक्शौल पूर्वी चम्पारण हरदीया रघौता घर हुुने वर्ष २४ को दिलीप साह, धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख २८४० नम्बरको बस चेक जाँच गर्दा धादिङ थाक्रे गाउँपालिका वडा नं. २ सिम्ले घर हुने ५५ वर्षीय सोनम तामाङ वाईवा र नवलपारसीबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु १ ख ८५१३ नम्बरको बसमा यात्रा गरी आएका नवलपरासी रामग्राम ९ घर हुने २५ वर्षीय गणेश बानियाँलाई लागुऔषध सहित नियन्त्रणमा लिएको बताए ।

थानकोट बृत्तका प्रहरी नायव उपरीक्षक थापाका अनुसार शाहको साथबाट झोलाभित्र पत्रिका र टेपले बेरि १३ वटा पोका बनाई लुकाई छिपाई लिई आएको लागु औषध फेनारगन ६५० एम्पल डाईजेपाम ६५० एम्पल र नुफिन ६५० एम्पल फेला परेको छ । त्यस्तै सोनम तामाङ वाईवाको साथ वाट लागु औषध चरेश ८ किलो ५३५ ग्राम र बाँनियाको साथवाट  लागु औषध फेनारगन ३०० एम्पल, डाईजेपाम ३०० एम्पल र नुफिन ३०० एम्पल सहित पक्राउ गरिएको उनले बताए ।

पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदालत काठमाण्डौमा म्याद थप गरि अनुसन्धान गरिएको थानकोट प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप