शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बनेन नेपाल–चीन सीमा अनुगमन संयन्त्र, सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

बिहीबार, २८ कात्तिक २०७६, ०६ : २६
बिहीबार, २८ कात्तिक २०७६

नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ ।

सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो । नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन ।

सीमासम्बन्धी जानकार नेपाल चीनबीचको सीमा सम्बन्धमा ठूलो समस्या नरहेको बताउँछन् । 

उनीहरु नेपाल चीनबीच दोलखामा रहेको पिल्लर नम्बर ‘५७’ र सगरमाथाको उचाइका सम्बन्धमा केही अस्पष्टताबाहेक अन्यत्र समस्या नरहेको बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप