मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे, दक्षिणतर्फको २ महिनाभित्रै सञ्चालनमा

बिहीबार, २८ कात्तिक २०७६, ०७ : २८
बिहीबार, २८ कात्तिक २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ ।

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ । 

दक्षिणतर्फको पार्किङ वे असोज महिनादेखि नै तयार गर्ने भनिएपनि सामाग्री आपूर्ती लगायत समस्याले केही ढिला हुने गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप