शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महजोडीलाई ‘सूर्य रत्न सम्मान’

बिहीबार, २८ कात्तिक २०७६, १२ : ०३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । वरिष्ठ हास्यकलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा नोभेम्बर २४ मा आयोजना हुने ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९’मा महलाई यो सम्मान प्रदान गरिदैछ । कलाकारितासँगै गीतसंगीत, सामाजिक क्षेत्रमा महले पुर्याएको योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो ।

नाकानो जिरो हलमा आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । सोही कार्यक्रममा तीन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’ र दुई दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलाई ‘सूर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पत्रकार सुवेदीलाई नगद राशी २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।

फिल्म र म्युजिक विधामा रहेर आयोजना हुन लागेको अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्डमा नीर शाह, मदनकृष्ण श्रेष्ठ  हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, सन्दीप छेत्री, कमल खत्री, बर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दिपेन्द्र लामा, हेमन्त शर्मा, संजीव पराजुली, टीका प्रसाईं, महादेव त्रिपाठी लगायत सहभागी हुँदैछन् । अवार्डमा ६ फिल्म र ६ संगीतका विधा समेटिएको सूर्य कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप