बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित

बिहीबार, २८ कात्तिक २०७६, १२ : ४६
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताएका छन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् । 

सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भनेर ‘तलाई थुक्छु’समेत भनेको गुनासो उनले गरे ।

मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनबाट काम नचल्ने बताए ।

छलफलका क्रममा सांसद जनार्दन शर्माले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिए ।

विधेयकको दफा २९ मा रहेको ‘कर्मचारीको कार्यक्षमताका आधारमा बढुवा’सम्बन्धी व्यवस्थामा बिहीबार छलफल भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप