शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’
काठमाडौं– शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९बाट सम्मानित गरिएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रदान गर्दै आएको एनएस क्वालिटी अवार्ड यो वर्ष शिवम्ले पाएको हो ।
विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो। शिवम्ले पहिलो स्थान ओगट्न सफल भयो भने क्रमशः मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए ।
बालाजु माछापोखरी स्थित नेपाल नापतौल तथा गुणस्तर विभागले आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले क्वालिटीमा सिमेन्ट उद्योगहरु जिम्मेवार बन्दै गएको बताए ।
उद्योग मन्त्री मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने भनिए पनि स्वास्थ अवस्था प्रतिकुल भएकाले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजेता उद्योगहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा