शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनु पर्छः भुसाल

बिहीबार, २८ कात्तिक २०७६, १५ : १५
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सारेकी छिन् । 

नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम गर्ने कर्मचारीलाई न्याय दिन पनि बिनालिखित परीक्षा कर्मचारीहरुको बढुवा हुने कानुनी व्यवस्था गर्नुपर्ने तर्क गरेका हुन् । 

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन पनि कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क गरिन् । 
 विनालिखित परीक्षा कामै गरेर कर्मचारीहरुको प्रमोशन हुने व्यवस्था गर्नुपर्दछ,’ सांसद भुसालले भनिन्, ‘लिखित परीक्षा गर्दा काम नगरे पनि पढेर फष्ट हुने र काम गर्ने कर्मचारीहरु चाहिँ अन्याय पर्ने हुन्छ ।’ सांसद भुसालले कर्मचारीहरुलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कामकै आधारमा बढुवा हुने व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन् । 
‘काम गर्दिन, हाकिमलाई टेर्दिन, सोर्स लगाउँछु भन्नेहरु’ लिखित परीक्षामा फष्ट हुने भएकाले उनीहरुको कार्य सम्पादन राम्रो हुने नगरेको पनि सांसद भुसालको भनाइ छ ।

सांसद भुसालले काममा खटिने र शतप्रतिशत काम पूरा गर्ने कर्मचारीलाई मात्रै प्रमोशन गर्ने व्यवस्था गर्दा कामप्रतिको सरकारी कर्मचारीको जवाफदेहीता स्वतहः बढेर जाने पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप