शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेलद्वारा निःशुल्क मधुमेह परीक्षण शिविर

बिहीबार, २८ कात्तिक २०७६, १७ : ४५
बिहीबार, २८ कात्तिक २०७६

मोरङ । विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परीक्षण एवम् परामर्श शिविर गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिएको हो ।

बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।

नोबेलका इण्डोक्राईनोलोजिष्ट डा.प्रताप रोय नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा परीक्षणका लागि आएकाहरुलाई नोबेल मेडिकल कलेजका बिएसी नर्सिङ अध्ययनरत बिद्यार्थीहरुले श्रव्यदृष्यसहित मधुमेह रोगको बारेमा जानकारी गराएका थिए ।

यता, नोबेल शिक्षण अस्पताल र इन्टास फर्मासूटिकलको संयुक्त आयोजनमा नोबेल शिक्षण अस्पताल परिसरमा तीन दिने निःशुल्क मधुमेह परिक्षण शिविर भइरहेको छ । बुधबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ । शिविरमा बुधबार १ सय ७२ र बिहिबार १ सय १८ जनाको मधुमेह परिक्षण गरिएको इन्टास फर्मासूटिकलका एरिया बिजनेस मेनेजर पंकज जैसवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप