शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालापानी विवादबारे नेपाली जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय

बिहीबार, २८ कात्तिक २०७६, १८ : १८
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । 

नेपाली जनसम्पर्क समिति भारतका  अध्यक्ष एवं  नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले  नयाँ दिल्लीस्थित नेपाली दूतावास  र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन् । 

साथै  समितिको ८ सदस्यीय  प्रतिनिधि मण्डलले भारतीय विदेश मन्त्रालयमा ज्ञापपत्र पनि बुझाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनीतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ । नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो लागि अस्वीकार्य रहेको समितिले जनाएको छ ।

सबैको साथ पाउँदा पनि भूमि अतिक्रमणका विषयमा प्रधानमन्त्री केपी ओली मौन बस्नुको कारण देश र प्रवासमा रहेका लाखौँ नेपालीले जान्न चाहेको समितिले जनाएको छ । नेपाली जनताको भावनाको सम्मान गर्दै अभिलम्ब कूटनीतिक पहल शुरु गर्न समितिले जोडदार माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप