शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह

बिहीबार, २८ कात्तिक २०७६, २३ : १६
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छिन् ।
 
नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत्रीय सम्मेलन भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उनले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
 
अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वत्वर्गमात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गर्नुभएको एचसिसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताए । 

राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गरे । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकरी गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप