केन्द्रीय संस्करण
कम्युनिस्ट संस्कार

कम्युनिस्ट संस्कार र पारदर्शिता : मिडियाले एकोहोरो खोइरो खन्दा कछुवाले झैँ नेताले टाउको लुकाउँछन् !

'कम्युनिस्ट हुँ भन्नु गर्वको कुरा'

person explore access_timeकात्तिक २९, २०७६ chat_bubble_outline0
राम कार्की

रातोपाटी

म कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको कुरा संसारका केही पनि छैन । म कर्णेलको छोरा हुँ, म उच्च जातिको हुँ, म धनी मानिसको छोरो हुँ इत्यादि भन्नुभन्दा पनि कम्युनिस्ट हुँ भन्नु जस्तो गतिलो कुरा केही पनि छैन ।

तर कम्युनिस्ट हुँ भन्नु र तद्अनुरूप व्यवहार गर्नु सजिलो र चानचुने कुरा होइन । म कम्युनिस्ट हुँ भन्नुको अर्थ अन्याय, भेदभाव, अत्याचारको विरोधी तथा न्याय, समानता, मुक्तिको पक्षधर हुँ भन्ने नै हो । त्यो भन्नुको अर्थ मेरो मुक्तिको संसार भनेको मानिस मात्रै हैन, म त्यसमा समग्र प्राणी वनस्पतिको सन्तुलनसहित समग्र पृथ्वीलाई बस्नलायक बनाउन चाहन्छु भन्ने पनि हो ।  यस अर्थमा कम्युनिस्ट हुँ भन्नुको अर्थ म क्लाइमेट आर्मी पनि हुँ । कम्युनिस्ट हुँ भनेको म महिला, दलित, गरिब, मजदुर, किसानको मुक्तिको पक्षधर हुँ । त्यस सँगसँगै यस संसारका समग्र प्राणीको संरक्षण, संवद्र्धन गर्ने सिपाही हुँ । त्यसैले कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको विषय संसारमा केही छैन ।

फुर्को जोड्नु जरुरी छैन

कम्युनिस्ट आफैमा पूर्ण शब्द हो । यसलाई अरू फुर्को जोड्नु जरुरी छैन । कतिपयले कम्युनिस्टका अगाडि विभिन्न विशेषण जोड्ने गरेको पाइन्छ । उदाहरणका लागि, क्रान्तिकारी कम्युनिस्ट । यो सुन्दा मलाई हाँसो उठ्छ । के विशेषण लगाएको त्यो ? कम्युनिस्ट भन्नु नै काफी छ । कम्युनिस्ट शब्द आफैमा पूर्ण शब्द हो । यसलाई क्रान्तिकारी, महिला मुक्तिदायी कम्युनिस्ट जस्ता विशेषणहरुको जरुरत नै छैन ।

*****

कम्युनिस्टले अरूभन्दा अलग के गर्छ भने पुँजीवादले म भन्छ, कम्युनिस्टले हामी भन्छ । पुँजीवादले होडमा, कम्युनिस्टले सहकार्यमा जोड दिन्छ । पुँजीवाद उछिन्ने कुरा गर्छ, मार्क्सवादसँगै पुगौँ भन्छ । त्यसैले कम्युनिस्ट समाज बनाउको निम्ति सर्वोत्कृष्ट चाहिँदैन ।

*****

समाजले आफै तय गर्दै जान्छ

मार्क्स, अझ उनीभन्दा पनि मानिसहरुले समाजवादको अर्थात्  समानता भएको, समुन्नत, सर्वोत्तम भेदभावरहित समाजको कल्पना गरेका थिए । त्यसका लागि स्वप्नदर्शी समाजवादीहरुले केही ब्लुप्रिन्ट पनि दिए । तर मार्क्सले त्यस्तो ब्लुप्रिन्ट दिएनन् । उनले यथार्थतामा दिए । उदाहरणका लागि, विवाह पद्धतिका बारेमा उनले भनेका थिए; अहिले त एकनिष्ठ नै राम्रो देखिन्छ तर भविष्यको पिढीले नै तय गर्नेछन् कि कस्तो परिवार राम्रो देखिन्छ । त्यसैले क्रान्तिकारीकरण हुँदै गएको, परिवर्तन हुँदै गएको समाजले आफै धेरै कुरा तय गर्दै जान्छ । पहिले नै ब्लुप्रिन्ट तय गर्नु जरुरी छैन ।

होड हैन, सहकार्यमा जोड

कम्युनिस्टले अरूभन्दा अलग के गर्छ भने पुँजीवादले म भन्छ, कम्युनिस्टले हामी भन्छ । पुँजीवादले होडमा, कम्युनिस्टले सहकार्यमा जोड दिन्छ । पुँजीवाद उछिन्ने कुरा गर्छ, मार्क्सवादसँगै पुगौँ भन्छ । त्यसैले कम्युनिस्ट समाज बनाउको निम्ति सर्वोत्कृष्ट चाहिँदैन । जस्तै; अहिले पनि क्युबा, फिनल्यान्ड आदिको शिक्षामा सर्वोत्कृष्ट भन्ने छैन । समाजवादले के मान्छ भने प्रत्येक भिन्न भिन्न व्यक्तिहरुसँग भिन्न प्रतिभा हुन्छन् । तपाईंले त्यो प्रतिभालाई चिन्ने र गोडमेल गर्ने मात्रै हो । विचित्रको कुरा त के छ भने एकदमै राम्रो सङ्गीतकार बन्न सक्ने मानिसलाई हामी इन्जिनियर बनाइदिन्छौँ । एकदमै राम्रो फोटोग्राफर बन्न सक्ने मानिसलाई हामीले मेडिकल साइन्स पढाउन लाग्या छौँ । अनि कसरी त्यो प्रतिभा मुखरित हुन्छ ? त्यसैले  शिक्षक वा अगुवाको काम भनेका त्यो प्रतिभा चिन्ने हो ।


हरेक क्षेत्रमा अलग अलग व्यक्ति अगाडि हुन सक्छन् । त्यसैले समाजवादमा सर्वोत्कृष्ट भन्ने कुरा, होड भन्ने कुरा छैन ।

समाजवाद सहकार्य हो, यो ठाउँमा हामी सँगसँगै पुग्छौँ र हामी सबै मुक्त हुन्छौँ भन्ने कुरा हो ।

पारदर्शिताको खाँचो

कम्युनिस्ट संस्कारको कुरा गर्दा मुख्य कुरा नै पारदर्शिता हो । म कसरी खान्छु, कसरी बाँच्छु, कसरी लगाउँछु भन्ने जस्ता कुरालाई एकदमै रहस्यमा राखेपछि त्यसलाई पूजा गर्ने जुन सामन्ती चलनले गर्दा मानिसहरु रहस्यमा बस्न खोज्छ । जब नेताहरुको कमजोरी अलिकति बाहिर आउँछ,  मिडियाले त्यसलाई यसरी लखेट्छ चिप्लेकीरा वा कछुवाले खतरा महसुस गर्नेबित्तिकै टाउको लुकाएजस्तै नेताहरुले पनि त्यो कुरालाई लुकाइहाल्छ । कुनै नेताले म बेलुका  एक पेग ह्विस्की खान्छु भन्यो भने त्यसका पछाडि मिडिया यसरी खनिन्छ, पछि उसले भन्न बाध्य हुन्छ, मैले त खान छोडिसकेँ । यथार्थमा उता उसको डोज चाहिँ बढेर चार प्याक पुगिसकेको हुन्छ । तर उसले बाहिर आएर मैले खान छोडेँ भन्छ ।

*****

एकजना भारतीय लेखिका कमलादासले आफ्नो पुस्तक ‘माई स्टोरी’मा लेखेकी छिन् : मेरो घरमा पाँच जनाको परिवार छ– मेरो बा, आमा, मेरो भाइ म र महात्मा गान्धी । पाँचौँ मान्छेको चाहिँ फोटो मात्रै छ, तर सबैभन्दा बढी ती पाँचौँ मान्छेको नै चल्छ घरमा । बिहानै आमाले भन्नुहुन्छः गान्धीको प्रार्थनाको समय भइसक्यो उठ् । गान्धीले यो नखानु भन्नुभएको छ । आदि इत्यादि ।  यो खालको नैतिक प्रभाव त्यो मलायम भाषी ठाउँमा गुजरातको गान्धीको परेको छ । गान्धीको धेरै कुरामा मेरो रिजर्भेसन छ । म गान्धीवादी होइन । तर नैतिक प्रभाव कस्तो हुँदो रहेछ भन्ने कुराको एउटा राम्रो उदाहरण हो त्यो ।

*****

त्यसैले उसलाई पारदर्शी बनाउने कुरा समाजका अरू पक्षका पनि हो । सबैजना खुल्ने, सबै पारदर्शी बन्ने र उसको कमजोरीसहित उसलाई सम्मान गर्ने स्थिति बनाउनु नै कम्युनिस्ट संस्कारको कुरा गर्दा त्यसको मुख्य सर्त हो । मैले मानेको मानिसको यस्ता यस्ता पनि कमजोरी पनि रहेछ भनेर अचम्म मान्ने, त्यसबाट उद्वेलित हुने अहिलेको मनस्थिति फेरिनुपर्छ । हरेक मान्छेसँग कमजोर पक्ष हुन्छ, सबल पक्ष पनि हुन्छ भन्ने ठाउँमा समाज पुग्नुपर्यो । त्यो स्थितिमा पुर्याउन नेताको मात्रै दायित्व हैन, त्यो समग्र समाजको नै दायित्व हो । जस्तो मिडियाको कुरा गरौँ, एउटा सानो इस्युमा पनि अति गैरजिम्मेवार तरिकाले हमला गर्छ । वास्तवमा उसको कमजोरी बाहिर आइरहेको कुरा त राम्रै पक्ष हो, ऊसँग रहेको कमजोरी तपाईंले नदेखेको मात्र न हो । त्यसैले पारदर्शिता समाजवादको पहिलो खुड्किलो हो ।


नैतिक प्रभावका कुरा

स्वाभाविक रूपमा नेताले दिन सक्ने र छर्न सक्ने भनेको एउटा नैतिक प्रभाव हो । एकजना भारतीय लेखिका कमलादासले आफ्नो पुस्तक ‘माई स्टोरी’मा लेखेकी छिन् : मेरो घरमा पाँच जनाको परिवार छ– मेरो बा, आमा, मेरो भाइ म र महात्मा गान्धी । पाँचौँ मान्छेको चाहिँ फोटो मात्रै छ, तर सबैभन्दा बढी ती पाँचौँ मान्छेको नै चल्छ घरमा । बिहानै आमाले भन्नुहुन्छः गान्धीको प्रार्थनाको समय भइसक्यो उठ् । गान्धीले यो नखानु भन्नुभएको छ । आदि इत्यादि ।  यो खालको नैतिक प्रभाव त्यो मलायम भाषी ठाउँमा गुजरातको गान्धीको परेको छ । गान्धीको धेरै कुरामा मेरो रिजर्भेसन छ । म गान्धीवादी होइन । तर नैतिक प्रभाव कस्तो हुँदो रहेछ भन्ने कुराको एउटा राम्रो उदाहरण हो त्यो ।

माओत्सेतुङले आफ्ना साथी, आफ्ना पङ्क्तिलाई नैतिक बन्धनमा राखिराख्नको लागि युद्धकालमा प्रयोग भएको ज्याकेट छाडेनन् । उनले लगाएको युद्धको ज्याकेट पोलपोटले पनि भिरे । पछिल्लो कालमा जब पोलपोटलाई आफ्नै साथीहरुले बन्दी बनाए, त्योभन्दा पहिले सधैँ पोलपोटको पोसाक त्यही ज्याकेट देखिन्छ । यो पनि नैतिक प्रभावकै कुरा हो । यो नैतिक प्रभाव दूरगामी र अरू कुनै प्रभाव भन्दा बलियो हुन्छ ।

*****

जर्ज अरवेलले लेखेको एउटा किताब छ, जसलाई कम्युनिस्टहरुले अत्यन्तै घृणा गर्छ । तर त्यो पढ्नै पर्ने किताब हो । किनभने त्यो एकदमै भयानक समाजवादी मानिसले लेखेको हो । समाजवादको कम्युनिस्टसँग विमति राख्ने तर समाजवादै चाहने मानिस हुन् जर्ज अरवेल । उनले रुसको अवस्था देखेर त्यो ‘एनिमल फार्म’ भन्ने किताब लेखेका हुन् ।

*****

एउटा उदाहरण दिन्छु । माघको जाडो महिनामा पनि हाम्रा कतिपय दिदीबहिनी आमाहरु स्वस्थानीको व्रत लिनका लागि खोलाको चिसो पानीमा नुहाउने गर्छन् । अरू कुनै तरिकाले, पुलिस लगाएर गराएको भए, कानुन बनाएको भए त्यो गर्दैन थिए होलान्, बरु दण्ड तिर्थे । त्यो धार्मिक शास्त्र वा रुढीवादबाट आएको नैतिक प्रभाव नै हो । त्यसैले नेताले दिन सक्ने भनेको सबैभन्दा ठूलो नैतिक प्रभाव नै हो । यो प्रभाव अरू सबै प्रभावहरु भन्दा प्रभावकारी हुन्छ ।


कम्युनिस्ट संस्कार र संस्कृति

कम्युनिस्ट संस्कार वा संस्कृतिको कुरा गर्दा कम्युनिस्ट व्यवस्था लागू भइनसकेको अवस्थामा त्यो संस्कृति आइहाल्दैन । यस विषयमा रुसमा पनि बहस चल्यो । दुनियाँको अधिकांश विषयमा पढेको, अध्ययन गरेका मानिसहरुमध्ये ट्रटस्की थिए । कम्युनिस्ट नैतिकता भन्ने उनको एउटा लेख छ । त्यसमा संस्कृति भनेको त्यहाँको राजनीतिक व्यवस्था, अर्थतन्त्र सबै चिजको समुच्चय हो । त्यसबाट तयार हुने । तर कम्युनिस्ट शासन लागू भएको छैन, त्यसैले त्यहाँ कम्युनिस्ट संस्कार तयार हुने कुरा भएन । तर कुन कुरा मानवीय छ, कुन कुराले तपाईंलाई साझा मानवतातिर लैजान्छ ? त्यो परिचयलाई दह्रो गरी समाउनुपर्छ । तपाईंलाई धेरै हदसम्म लैजाने वर्गीय परिचय हो, जसले थुप्रै बन्धनहरुलाई काटिदिन्छ । त्यो वर्गीय परिचयपछि जाने त मानवीय परिचय नै हो । त्यसैले तपाईंलाई साझा मानवतातिर के कुराले लैजान्छ ? त्यस्तो संस्कार, त्यस्तो संस्कृति, त्यस्तो मूल्यलाई तपाईंले अपनाउनुपर्यो ।

व्यवहारमा अभ्यासको कुरा

कम्युनिस्टहरुले प्रतिस्पर्धालाई निषेध गर्छ, सहकार्यलाई अपनाउँछ । व्यक्तिवादलाई निषेध गर्छ, हामीलाई अपनाउँछ । अब प्रश्न उठ्छः व्यवहारमा हामीको अभ्यास कसरी गर्ने र कसरी लागू गर्न सकिन्छ ? त्यसको मूल कडी भनेकै सामूहिक जीवन पद्धति हो । कम्युनहरु बनाइए तर ती सबै भत्किए अहिले देख्दा ।


जर्ज अरवेलले लेखेको एउटा किताब छ, जसलाई कम्युनिस्टहरुले अत्यन्तै घृणा गर्छ । तर त्यो पढ्नै पर्ने किताब हो । किनभने त्यो एकदमै भयानक समाजवादी मानिसले लेखेको हो । समाजवादको कम्युनिस्टसँग विमति राख्ने तर समाजवादै चाहने मानिस हुन् जर्ज अरवेल । उनले रुसको अवस्था देखेर त्यो ‘एनिमल फार्म’ भन्ने किताब लेखेका हुन् ।

हामीले पनि कम्युन बनायौँ रुकुम रोल्पातिर तर कुनै थाम्न सकिएन । हो, केही बाँकी छन्, जसमध्ये एउटा बर्दिवासमा आधारशीला कम्युन पनि हो । तर पनि पारदर्शिता नै मुख्य कुरा हो ।

*****

स्वाभाविक रूपमा जनताले नेताबाट त्यागको आशा गर्छ, त्यो कुरा खोज्छ । सुख सयलको दोहन गर्न पाइनँ भन्ने कुराले नेतृत्व व्यथित बन्नु हुँदैन । उदाहरणका लागि, मलाई हेर्नुहोस् । म कुनै आदर्श व्यक्ति होइन । म थुपै्र कमीकमजोरी भएको मानिस हुँ । तर युद्धको बेलामा वा त्यसपछि पनि मैले कहिल्यै यो लावा लस्कर लगाइनँ । चार पाँच जना गार्ड लिएर हिँड्ने प्रवृत्ति कहिल्यै राखिनँ । हिजो युद्धकालमा झाडीमा दिसापिसाब गर्न जाँदा पनि बन्दुक बोकेका साथीहरुलाई राखेको मैले देखेको छु । अहिले पनि नेतृत्वलाई, जनतालाई पनि त्यसरी सुख सुविधा गौण हो भन्ने किसिमले हेर्ने आदत बनाइदिनु पर्यो ।

*****

हामीले तीस वर्षसँगै एउटै कमिटीमा काम गरेका मानिसहरु छौँ तर हामी बीचमा के समस्या छ भन्ने कुरा एकले अर्काको कुरा थाहा हुँदैन । औपचारिक रूपमा हाम्रो भेट मिटिङमा हुन्छ तर मलाई ५०० रुपियाँ चाहियो भने म फुपूको छोरो, मावली खोज्न थाल्छु । छोराको विवाह गर्नुपर्यो भने म ससुरालीतिर सोध्न थाल्छु । भनाइको अर्थ के हो भने हामी बीचमा केही पनि सामूहिकता छैन । मेरो के अभाव छ वा ममा के कुरा कमजोरी छ, त्यो त मेरो कमरेडलाई थाहा हुनु पर्यो नि । अनि न बल्ल सामूहिकताको भावनातिर जान सकिन्छ । हो त्यही कुराको अभाव छ, अर्थात् हामी हामीबीचमा पनि पारदर्शिता छैन ।

खाँचो सही राजनीतिक कार्यदिशाको

यसलाई हल गर्ने भनेको फेरि पनि राजनीतिक कार्यदिशाले हो । हिजोको लड्ने भन्ने राजनीतिक कार्यदिशा लिएको अवस्थामा यति घण्टा पत्रकारसँग कुरा गरेर बिताउने समय नै हुँदैन थियो । १० मिनेटमा सबै कुरा सकिन्छ । त्यसैले मुख्य कुरा भनेको सही राजनीतिक कार्यदिशा हो । त्यसले एक अर्कालाई नजिक ल्याउँछ । दोस्रो भनेको नेताको आचरण हो । पछ्याउने वा अनुकरण भनेको त उसैलाई हो । हिजो युद्धकालमा प्रचण्डले सिल्भरको थालमा भात खाँदा नेताले त्यसरी खाएका छन् भने हामी त के भन्ने भावना जागृत हुन्थ्यो तर अहिले त यहाँ कारमा देखेपछि, हाम्रा नेताहरुको गाडीको लाइन, हेलिकप्टरको सवारी देखेपछि नेता हुन त हेलिकोप्टर चढ्नु पर्दो रहेछ भन्ने भावना स्वाभाविक रूपमा आउँछ । त्यसैले नेताको आचरणको कुरा यो जीवनदर्शनसँग पनि जोडिएको कुरा हो ।

स्वाभाविक रूपमा जनताले नेताबाट त्यागको आशा गर्छ, त्यो कुरा खोज्छ । सुख सयलको दोहन गर्न पाइनँ भन्ने कुराले नेतृत्व व्यथित बन्नु हुँदैन । उदाहरणका लागि, मलाई हेर्नुहोस् । म कुनै आदर्श व्यक्ति होइन । म थुपै्र कमीकमजोरी भएको मानिस हुँ । तर युद्धको बेलामा वा त्यसपछि पनि मैले कहिल्यै यो लावा लस्कर लगाइनँ । चार पाँच जना गार्ड लिएर हिँड्ने प्रवृत्ति कहिल्यै राखिनँ । हिजो युद्धकालमा झाडीमा दिसापिसाब गर्न जाँदा पनि बन्दुक बोकेका साथीहरुलाई राखेको मैले देखेको छु । अहिले पनि नेतृत्वलाई, जनतालाई पनि त्यसरी सुख सुविधा गौण हो भन्ने किसिमले हेर्ने आदत बनाइदिनु पर्यो ।

नेतृत्वले आफ्नो आचरण, व्यवहार र जीवनशैलीलाई सरल र सामान्य बनाउन सक्नुपर्छ । जनताका माझ जाँदा चार पाँचवटा गाडी लिएर लावालस्करका साथ जाने, मधेसतिर जाँदा त अझ गम्छा काँधमा भिर्ने, आठ दस जना युवाहरु वरिपरि राख्ने र तिनै युवाहरु देखाएर तर्साएर पैसा असुल्ने, असुलिएको १० प्रतिशत ती युवामा खर्च गर्ने र ९० प्रतिशत खल्तीमा भर्ने जुन प्रवृत्ति नेपाली राजनीतिमा छ, त्यो सही प्रवृत्ति होइन । त्यो प्रवृत्तिलाई धूलोपीठो पार्नैपर्छ ।

(नेकपाका नेता राम कार्कीसँगको कुराकानीमा आधारित ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...