नेकपाको सचिवालय बैठक सरेको सर्यै
काठमाडौँ । मन्त्रिहरुको हेरफेरबारे निर्णय गर्न बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । यसअघि बैठक शुक्रबार बिहान बस्ने भनिएको थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार शुक्रबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म समय तोकिएको छैन ।
‘बैठक सरेको सर्यै छ । आज पनि कतिवेला बस्ने हो निश्चित छैन । हिजो पनि बस्ने भनिएको थियो, फेरि आज बिहान बस्न सक्छ भनियो तर बस्न सकेन, के कारणले हो थाहा भएन,’ बरिष्ठ नेता खनालले रातोपापाटीसँग भने, ‘तयारी नपुगेर होला ।’
यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलबीच अहिले बालुवाटारमा सचिवालय बैठकको समय तय गर्न छलफल भइरहेको बुझिएको छ ।
मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफल गरेका थिए । दाहाल र नेपालसँगको छलफलपछि ओलीले शुक्रबार हेरफेरमा पर्ने मन्त्रीहरुका बारेमा अन्तिम निर्णय गर्ने बताएका थिए । त्यस्तै नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत प्रचण्डलाई दिन नेताहरुबीच छलफल भएको थियो । बिहीबार ओली र प्रचण्डबीच भएको छलफलअनुसार शुक्रबारकै सचिवालय बैठकबाट निर्णय गरेर प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तानतरण गर्ने सहमति बनेको थियो । दुई नेताबीच एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने यसअघि नै सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)