शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दलद्वारा बाँके जिल्ला बन्द, राजमार्ग अवरुद्ध

शुक्रबार, २९ कात्तिक २०७६, ११ : ५५
शुक्रबार, २९ कात्तिक २०७६

बुटवल । अवैध हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगर सभापतिको रिहाइको माग गर्दै नेपाल तरुण दलले आयोजना गरेको बाँके बन्दका कारण बिहानैदेखि नेपालगन्जको जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर शिहले राजमार्गमा तरुण दलले अवरोध गरेको रातोपाटीलाई बताए । उनले बजार केही भाग पनि बन्द रहेकोमा प्रहरीले त्यसलाई खुलाउने प्रयास गरेको बताए ।

बाँके प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई गत कात्तिक १४ गते साँझ नेपालगञ्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टुरेन्टबाट अवैध अमेरिकन पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो ।

नेता शाहीको रिहाइको माग गर्दै आज विहानदेखि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।

कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेपछि तरुण दलका नेताहरुले भने दसैँको बेला डिएस्पी शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा लगाएर फसाएको आरोप लगाउँदै आएका छन् ।

खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

घटनानको बिरोधमा बन्द आह्वानकर्ताहरुले शुक्रबार बिहानैदेखि नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहमा झण्डासहित प्रदर्शन गर्नुको साथै आवागमन ठप्प पारेका छन् । बन्दको पूर्वसन्ध्यामा तरुण दलले बिहीबार साँझ राँके जुलुससमेत निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप