कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गरिने
प्रभु बैंक लि. ले मोरङ्गको विराटनगर महानगरपालिका वडा–७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गर्ने भएको छ । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो ।
कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. श्री गुणराज लोहनी र प्रभु बैंक लि. का तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख श्री लेखराज कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गर्नेछ ।
साथै, सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् ।
प्रभु बैंकले कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत