बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यौन हिंसाको आरोपमा अनु मलिकले लेखे, ‘मेरो मौनतालाई कमजोरी नठानियोस्’

शुक्रबार, २९ कात्तिक २०७६, १२ : ५५
शुक्रबार, २९ कात्तिक २०७६

भारतीय गायक एवं संगीतकार अनु मलिकले यौन हिंसाको आरोपमा आफ्नो मुख खोलेका छन् । उनले सोसल मिडियामा एउटा लामो नोट लेखेका छन् जसमा उनले आफूमाथि लागेको ‘मीटू’ को आरोपलाई आधारहीन बताएका छन् ।

अनुले भने, ‘पछिल्लो एक वर्षदेखि ममाथि केही यस्तो आरोप लागिरहेका छन् जुन मैले गरेकै छैन । तर म चुप बसेँ । वास्तविकताले आफैं मुख खोल्छ भनेर म प्रतिक्षा गरिरहेँ । तर मलाई महसुस भयो कि मेरो मौनतालाई मेरो कमजोरी ठानियो ।’

मेरो करियर बर्बाद भयोः अनु

अनुले नोटमा थपे, ‘झुटो र अपुष्ट आरोपले मेरो इज्जत मात्रै होइन यसका कारण मैले र मेरो परिवारले मानसिक प्रताडनको सामना गर्नुपर्‍यो । हामीलाई गहिरो आघात पुग्यो र मेरो करियर बर्बाद भयो । म आफूलाई असाहय महसुस गरिरहेको छु । जस्तै कि म एक्लो भएँ र मैले निस्सासिएको महसुस गरिरहेको छु । यो उमेरमा मेरो यो अपमान हो । मैले यो उमेरमा आएर अत्यधिक बदनामी झेल्नुपर्‍यो । मेरो नामसँग थुप्रै भयानक घटना जोडिए ।’

‘पहिल्यै किन सार्वजनिक भएनन् यी कुरा ?’

अनु थप्छन्, ‘यसबारे किन पहिल्यै कुरा गरिएनन् ? वर्तमानमा मेरो जीवनयापनको एक्लो साधन टिभी हो, यसमा फिर्ता भएपछि नै ममाथि किन आरोप लगाइयो ?’

अदालतको ढोका ढक्ढकाउने धम्कीः

अनुले अन्त्यमा लेखेका छन्, ‘सोसल मिडियामा लड्नु एक अन्तहीन प्रक्रिया हो । यसमा कसैको पनि जीत हुँदैन । यदि यस्तै भइरहे मसँग आफूलाई बचाउनका लागि अदालतको ढोका ढक्ढकाउनुको विकल्प छैन । म आफ्नो शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु । मलाई साँच्चै थाहा छैन कि मेरो परिवार र मैले अझै कति बदनामी झेल्नुपर्ने हुन्छ ? शो चलिरहनुपर्छ । तर यो मुस्कुराइरहेको अनुहारको पछाडिम पीडामा छु र खराब स्थितीमा छु । म मात्र न्याय चाहन्छु ।’

श्वेता पण्डितले उठाए सोनी टिभीमाथि प्रश्नः

इन्डियन आइडलमा निर्णयकको रुपमा देखिएका अनु मलिकमा गायिका सोना महापात्रा, श्वेता पण्डित, नेहा भसिनसमेत थुप्रै महिलाले मिटू अभियान अन्तर्गत यौन हिंसाको आरोप लगाएका छन् । जसका कारण मलिक पुनः चर्चामा छन् । हालै श्वेता पण्डितले एक पत्रिकाको कटिङ सेयर गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘कसैले केही पनि बिर्सेको छैन । अन्य गायिका पीडितले पनि यी व्यक्तिबारे कुरा गरेका छन् र यी विवरण केवल शुद्ध यातना र भयावह हो ।’

सोना महापात्रले उनको ट्वीट रि–ट्वीट गरेकाी छिन् र सोनी पिक्चर्स, एसपीटीवी, सोनी टिभी, विशाल ददलानी, नेहा कक्कड, कोलगेटलाई ट्याग गर्दै लेखिन्, ‘तपाईंले यो यति चाँडै बिर्सनुभयो ? अनु मलिकलाई अहिले पनि नेशनल टिभीमा सेलिब्रेट गरिँदै छ । श्वेता पण्डित, नेहा भासिन र मैले सम्झाइरहनेछौं । भारतले तपाईंलाई कहिले पनि बिर्सने छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप