बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको भजनीमा शाखा तथा दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर  बिस्तार

शुक्रबार, २९ कात्तिक २०७६, १५ : ४०
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं– आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायकासाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर विस्तार गर्दै आइरहेको छ । 

यसै क्रममा बैंकले कैलाली स्थित भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सोहि दिन बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टरहरु पनि विस्तार गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप