शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ दिन ‘लिभ इन’ मा बसेपछि ७५ वर्षीयले गरे विवाह, हुन् कौरवका वंशज

शुक्रबार, ०२ भदौ २०७४, १४ : १६
शुक्रबार, ०२ भदौ २०७४

बीबीसी

पहाडी कोरवा आदिम जनजातीका दुई वृद्ध–वृद्धाले उमेरले डाँडो काटिसकेपछि विवाह बन्धनमा बाँधिएपछि सबैजना अचम्मित भएका छन् । लोपोन्मुख अवस्थामा रहेको पहाडी कोरवा जनजातीमा यो पहिलो विवाह हो ।

लिभ इन सम्बन्धमा ८ दिनदेखि बसिरहेका ७५ वर्षका रतिया राम र ७० वर्षीया जीवनी बडीले समाजसँग अनुमती लिएर विवाह गरेका हुन् ।

यद्यपी, यो जनजातीमा एक्लो जीवन बाँच्ने पुरुष आफ्नो समाजकी कुनै पनि एकल महिलालाई चुरा लगाएर श्रीमतीको रुपमा अपनाउने गर्दथे ।

उनीहरु आधुनिक लिभ इन सम्बन्धमा बस्दथे । उनीहरुलाई विवाह गर्ने अनुमती थिएन ।

कोरवा जनजातीका छत्तीसगढको जशपुर, कोरबा, विलासपुर, सरगुजा, सूरजपुर र रायगढ जिल्लाका साथै झारखण्डका केही दुर्गम पहाडी क्षेत्रमा बस्छन् ।

उनीहरुको प्रदेशमा कूल जनसंख्या ३७ हजार नजिक छ ।

जंगली फलफूल र शिकारमा जीवनयापन गर्ने यो जनजातीले आधुनिक सभ्यताको पालना गर्दै दुई वृद्ध प्रेमीलाई विवाह बन्धनमा बाँधेर एक उदाहरण पेश गरेका छन् ।

यी दुबैको हेरबिचार गर्ने कोही पनि छैनन् । यद्यपी, यी दुईका थुप्रै आफन्त भने छन् ।

पेन्सनले बाँच्नेछन्ः

दुलहा बनेका रतिया रामले बीबीसीसँगको कुराकानीमा भने, ‘एक सामाजिक कार्यक्रममा १५ दिन पहिले हामी दुबैको भेट भयो । त्यति नै बेला हामी दुबैले एक–अर्कासँगै बस्ने निर्णय गर्यौं ।’

त्यसपछि रतिया राम जीवनी बडीलाई लिएर आफ्नो गाउँ बगडोल आए र सँगै बस्न थाले । यसैबिच गाउँका मुखिया ललित नागेशलाई यसबारे थाहा भयो ।

कोरवा समाजले पनि पंचायतको बैठकमा दुबैको अनुमतीमा मुहर लगाइदिए र १६ अगस्टमा दुबैले धूमधामसँग विवाह गरे ।

विवाहको दुबैका नाती– नातिना पनि समावेश भए । दुबैले विगत २० वर्षदेखि एक्लो जीवन बिताइरहेका थिए ।

त्यस्तै दुलही बनेकी जीवनी बडी पनि स्थानीय बोली भन्छिन्, ‘जब रतिया राम मलाई राख्न तयार छन् भने मलाई के को समस्या । यो उमेरमा कसैले सोध्दैनन्, कम्तीमा उनले त मेरो ख्याल राख्नेछन् । पेन्सनले दुबै बाँच्नेछौं ।’

यो विवाहमा दुबै वरवधुका नाती नातिना, आफन्तले निकै रमाइलो गरेर नाचे । रतिया रामका नाती दहिया रामले समाजको यो निर्णयलाई सही बताए ।

उनले भने, ‘म आफैं पनि श्रीमतीले छोडेर गएपछि एक विधवासँग बसिरहेको छु । अब समाजसँग अनुमती लिएर विवाह गर्नेछु ।’

बगिचा क्षेत्रका सामाजिक कार्यकर्ता हलिम फिरदौसीले पनि अत्यन्त पिछडिएको जनजातीमा भएको यो विवाहलाई भारतको ऐतिहासिक बताएको छ ।

कोरवा समाजका संरक्षक र भारतीय जनता युवा मोर्चाका प्रदेश उपाध्यक्ष प्रबल प्रताप सिंह जूदेव यो अचम्मको विवाहमा समावेश भए ।

उनले बीबीसीसँग भने, ‘संविधानले पहाडी कोरवा जनजातीलाई अति विशेष पिछडिएको जनजातीको दर्जा दिएको छ । उनीहरुलाई मुख्यधारसँग जोड्नका लागि केन्द्र र राज्य सरकारका थुप्रै योजना चलिरहेको छ ।’

उदाहरणः

यो जनजातीका मानिसहरुले विवाहका लागि निश्चित उमेरको सीमा हटाएर एक नयाँ उदाहरण पेश गरेको छ ।

जूदेवले भने, ‘आधुनिक समाजमा पनि जीवनको अन्तिम घडीमा एक्लो जीवन जिउनका लागि धेरै मानिसहरु ओल्ड एज होम गइरहेका छन् वा घरको कुनै कुनामा बसेर आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका छन् जबी यहाँ त पूरा जोश जाँगरका साथ आफ्नो बचेको जीवन बिताउनका लागि मानिसहरु विवाह गरिरहेका छन् ।’

यो विवाह समारोहका मुख्य आयोजक बगडोल ग्राम पंचायतका मुखिया ललित नागेशले विवाहपछि दुबैको राशन कार्ड सुधारिने बताएका छन् ।

जीवनी बडीलाई वृद्धा पेन्शन दिनुका साथै उनको स्वास्थ्यको ध्यान पनि पंचायतले राख्ने बताइएको छ ।

उनले भने, ‘यो हाम्रो समाजको धरोहर हो । आदिवासी समाजलाई यो आधारमा विकसित समाज भन्न सकिन्छ ।’

कौरवको वंशज !

कोरवा जनजातीको उपजातीमा ‘दिहारिया’ र ‘पहाडी कोरवा’ प्रमुख हुन् । दिहारिया कोरवा खेती गर्दछन् । यस कारण ‘किसान कोरवा’ पनि भनिन्छ ।

पहाडी कोरवालाई ‘वनवरिया’ पनि भनिन्छ । कोरवा जनजातीको आफ्नै पंचायत हुन्छ जसलाई मैयारी भनिन्छ ।

कोरवा जनजातीको मुख्य चाड ‘करमा’ हुन्छ । उनीहरुलाई कौरवको वंशज पनि भनिन्छ । उनीहरुको कम जनसंख्याका कारण सरकारले उनीहरुलाई परिवार नियोजनबाट मुक्त राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप