शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बागलुङका दुई नेतामाथि कार्वाहीको डण्डा

शुक्रबार, २९ कात्तिक २०७६, १७ : ३१
शुक्रबार, २९ कात्तिक २०७६

बागलुङ– नेकपा बागलुङले उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई कार्वाही गरेको छ ।

नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सदस्य तुल्सीराम अर्याललाई निलम्बन गर्नुका साथै दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निश्काशन गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।

अर्यालद्वयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रदेशसभा बागलुङ क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता गर्ने क्रममा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्ने हर्कत गरेका थिए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप