त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्छु : उपकुलपति बास्कोटा
काठमाडौं । त्रिुभवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयले सरकारसँगको समन्वयमा काम गर्ने बताएका छन् । त्रिविमा शुक्रबार विभिन्न विद्यार्थी संगठनसँगको छलफलमा उनले त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गरेर बताएका हुन् ।
उपकुलपति बास्कोटाले सडक सुधार र ठाउँ ठाउँमा बगैंचा बनाएर त्रिवि केन्द्रीय क्याम्पस परिसरलाई आकर्षक र सुन्दर बनाउने पनि बताएका थिए । उनले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा बगैंचा बनाउने पनि योजना सुनाएका थिए ।
त्रिविका अनुसन्धान निकायलाई सक्रिय बनाई अनुसन्धान कार्यलाई जोड दिने पनि उपकुलपति बास्कोटाले बताए । नेविसंघबाहेक विभिन्नविद्यार्थी संगठनका प्रतिनिधिहरुले त्रिविमा स्वतन्त्र विद्यार्थी युनियनको आगामी फागुन १४ गते चुनाव गर्न माग गरेका अनेरास्ववियू त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव