बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइपीएल : सन्दीप दिल्लीबाटै खेल्ने पक्का

शुक्रबार, २९ कात्तिक २०७६, १९ : २८
शुक्रबार, २९ कात्तिक २०७६

एजेन्सी । नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का भएको छ । दिल्लीले सुक्रबार सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान  रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो । 

दिल्लीले बलरतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।

यसपटक दिल्लीले ट्रेडिङमार्फत स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई पनि टोलीमा समावेश गरेको छ । दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपीएलको खेलाडी अक्सनमा थप खेलाडी किन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप