शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गिबरलटारको पोस्टमा डेनमार्कको हाफ दर्जन गोल

शनिबार, ३० कात्तिक २०७६, १० : २२
शनिबार, ३० कात्तिक २०७६

डेनमार्कले युरोकप छनोट खेलमा गिबरलटारमाथि गोल बर्षा गरेको छ । सुक्रबार राति भएको समूह ‘डी’ को खेलमा डेनमार्कले गिबरलटारलाई ६–० गोलले हरायो ।

एकपक्षीय खेलमा डेनमार्कको जितमा क्रिस्टियन इरिक्सनले ह्याट्रिक गरे । रोवर्ट स्कोभले दुई तथा मार्टिन ब्रेथवेटले एक गोल गरे । रोवर्टले १२औं मिनेटमा खाता खोलेका थिए । उनले ६४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । क्रिस्टियनले ४७औं, ६५औं र ९०औं मिनेटमा गोल गरेका थिए । मार्टिनले ५१औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सात खेलबाट १५ अंक बनाएको डेनमार्क समूहको शीर्ष स्थानमा छ । अंकविहिन गिबरलटार अन्तिममा छ । यही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले जर्जियालाई १–० गोलले हरायो । घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई जिताउन सेड्रिक इटनले ७७औं मिनेटमा गोल गरे । जितसँगै दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डले १४ अंक बनाएको छ । आठ अंक बनाएको जर्जिया पाँचौं स्थानमा छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप