पूर्व कप्तान पारस खड्काको विदेशी फ्रेन्चाइज लिगको डेब्यु खेलमा तीन रन
युएईमा जारी टी–१० लिगबाट नेपालका पूर्व कप्तान पारस खड्काले विदेशी फ्रेन्चाइज लिगका डेब्यु गरेका छन् । युएईको आबु धाबीमा शुक्रबार राति भएको खेलमा पारसको टोली आबु धाबी र क्वालान्डर्सबीचको खेल बराबरीमा सकिएको छ ।
बराबरीसँदै दुवै टोलीले एक एक अंक बाँडेका छन् । शेख जायद स्टेडियममा आबु धाबीले दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको क्वालान्डर्सले १० ओभरमा तीन विकेटको क्षतिमा एक सय तीन रन बनाएपछि खेल ‘टाई’ भएको हो ।
क्वालान्डर्सका लागि कप्तान डेविड मालनले ३३ रन बनाए । लुक रोन्चीले अविजित २३ र फिल साल्टले २२ रन बनाए । आबु धाबीका मर्चान्ट डी लांगेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३ रन बनाएको थियो । आबु धाबीका लागि कोरी एन्डरसनले ४३ रन बनाए । लुक राइटले २०, निरोशन डिक्वेलाले १७ र लेविस ग्रेगोरीले ११ रन बनाए । डेब्यु खेलाडी पारसले अविजित तीन रन बनाए ।
क्वालान्डर्सका लाहिरु कुमाराले दुई विकेट लिए । नेपालका पूर्व कप्तान पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलेका थिए । टी–१० लिगमा सन्दीप पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?