शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएको थिएँ तर अहिलेको सरकार शसक्त हुन सकेन :  सभापति देउवा

शनिबार, ३० कात्तिक २०७६, १२ : ४०
शनिबार, ३० कात्तिक २०७६

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन् । 

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए । 

“कालापानी नेपालको भू–भाग हो”, उनले भने, “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।” 

महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप