नेपालले हङकङलाई दियो दुई सय १८ रनको लक्ष्य
काठमाडौं । एसीसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रन बनाएको छ ।
नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । शरदले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरेका थिए । खराव सुरुवात गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किएका थिए । लगत्यै कुशल भुर्तेल एक रनमा आउट भए । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । ऐरीले ३७ रन बनाए ।
आरिफ शेखले ४२ रन बनाए । विनोद भण्डारीले १५ रन बनाए । करण केसी सात र सुसान भारी ६ रनमा आउट भएका थिए । हङकङका एजाज खानले तीन विकेट लिए । नसरुल्ला खान र एहसान खानले दुई दुई विकेट लिए । अफताब हुसेन र रौनक कपुरको एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस