बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अकुपाई टुँडिखेल अभियानः प्रकृतिलाई माया गरौँ भन्ने सन्देशसहित खरीको विरुवा रोपियो

शनिबार, ३० कात्तिक २०७६, १२ : ५५
शनिबार, ३० कात्तिक २०७६

काठमाडौँ । खुल्लामञ्च अतिक्रमणविरुद्ध सञ्चालित अकुपाई टुँडिखेल अभियान अन्तर्गत प्रकृतिलाई माया गरौँ भन्ने सन्देश सहित शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको छ ।  

विभिन्न बाहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुपाई टुँडिखेल अभियानमा जुटेका हुन् । अकुपाई टुँडिखेल अभियानको दोश्रो कार्यक्रम अन्र्तगत शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको हो ।

यसअघि अघिल्लो शनिबार खुल्लामञ्चको चारै तर्फबाट  मानवसाङ्लो बनाएर अभियान सुरु गरिएको थियो । अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो । 
अभियान अन्र्तगत आज शनिबार प्रकृतिलाई माया गरौँ रुखविरुवाको संरक्षण गराँै भन्ने सन्देश दिँदै टुँडिखेलमा खरीको विरुवा रोपिएको हो । अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिँदै गएको तर रोप्ने काम नभएकाले प्रकृतिलाई माया गरौ भन्ने सन्देश दिनका लागि प्रतिकात्मक रुपमा खरीको विरुवा रोपिएको बताए । 

खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि ३ महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाईने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताए । 

भूकम्पपछि अस्थायी रुपमा प्रयोग गरिनुको साथै खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यसैगरी त्यहाँस्थित दुई गुठीले पनि व्यवसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् । खुलामञ्चमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ्ग गर्ने गरिएको छ । 
पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराइएको छ । अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय सो स्थानमा स्थाई प्रकृतिका संरचना बन्न थाले पछि चौतर्फी विरोध हुँदै आएको थियो । खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले गत शनिबारदेखि अकुपाई टुँडिखेल अभियान सुरु गरेका हुन् । खुलामञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार अकुपाई अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप