शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्कमा बलात्कार हुन लागेकी युवतीलाई बचाएका अपरिचतले जब साथीसमेत बोलाएर गरे सामूहिक बलात्कार

शनिबार, ३० कात्तिक २०७६, १४ : ३२
शनिबार, ३० कात्तिक २०७६

एजेन्सी । भारतको नोइडामा यो साता एक २१ वर्षे युवतीलाई पाँच पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 

युवती एक परिचित व्यक्तिले रोजगारीबारे कुराकानी गर्न बोलाएपछि नोयडाको सेक्टर ६३ गएकी थिइन् ।  

घटना बुधबार राती साढे ८ बजे नोयडाको सेक्टर ६३ स्थित एक पार्कमा भएको थियो । घटनास्थलबाट जम्मा ५०० मिटरको दुरीमा एक प्रहरी पोष्ट छ । 

प्रहरीले घटनासम्बन्धमा चार व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामको कुरा गर्न बोलाउने रवी भन्ने व्यक्ति पनि छन् । उनले सुरुमा युवतीलाई बलात्कार गर्ने प्रयास गरेका थिए ।

घटनाका थप दुई आरोपीहरु भने अझै फरार छन् । सबै आरोपीहरु नोइडाको सेक्टर ६३ का बासिन्दा भएको प्रहरीले बताएको छ । 
प्रहरीका अनुसार नोइडामा परिवारसँग बस्ने युवती बुधबार रवीले भेट्न बोलाएपछि सेक्टर ६३ गएकी थिइन् । एक म्यानपावर एजेन्सीमा पिऊनको काम गर्ने रवीले युवतीलाई काम मिलाइने दिनेबारे थप कुराकानी गर्न बोलाएका थिए । 

रवीले कुराकानी सहज हुने भन्दै नजिकको पार्क जान महिलालाई सहमत गराएका थिए । तर, साँझको समय सुनसान रहेको पार्कमा रवीले युवतीलाई बलात्कार गर्ने प्रयास गरे । तर महिलाले रवीको हरकर्तको प्रतिरोध गर्दै सहयोगको लागि चिल्लाईन् । 

उनको सहयोगको याचना सुनेर दुई पुरुष त्यहाँ पुगेका थिए जसले रवीलाई पिटेर भगाईदिएका थिए । 

रवी भागेपछि गुड्डु र शमु नामका ती पुरुषले नै महिलालाई बलात्कार गरे । अझ तिनले थप तीन साथीलाई बोलाएर महिलालाई पालैपालो बलात्कार गरेका थिए । पछि आउनेहरुको नाम ब्रिजकिशोर, पिताम्बर र उमेश थियो ।

पिडित महिलाले घटना भए लगतै राती साढे नौमा प्रहरीकहाँ पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि , नाजुक अवस्थामा रहेकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । 

ती पाँच पुरुषले हिडने बेला बलत्कृत युवतीलाई निर्घात कुटेकाले उनको अवस्था झन् नाजुक भएको थियो । उपचारपछि पिडित युवतीको अवस्था खतरामुक्त रहेको घटना भएको गौतम बुद्ध नगर जिल्लाका एसएसपी भैरव कृष्णले बताए ।  

गौतम बुद्ध नगर जिल्लाका प्रमुख चिकित्सक अधिकारी अनुराग भारगावले पिडित युवती खतरामुक्त भएपनि अझै भयवित रहेकी बताए  । 

‘डक्टरको एउटा समूहले लगातार उनको निगरानी गरिरहेको छ । हामी उनलाई भयमुक्त बनाउन निरन्तर प्रयास गरिरहेका छौं ,’ भारगवले भने । 

प्रहरीले पिडित युवतीको आरोपछि रवीलाइ पक्राउ गरेको थियो । रवी पक्राउ परेपछि उनको वयानका आधारमा बाँकी पाँचको स्केच बनाइएको थियो ।  

प्रहरीले फरार रहेका बाँकी दुई बारे जानकारी दिनेलाई २५ हजार भारु पुरस्कार दिने घोषणा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप